सिन्धुली ।सिन्धुलीको दुधौली नगरपालिका मा बिहीबार बिहान जन्ती बोकेको बुलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बेहुलासहित जन्ती लिएर उदयपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ च ८२०२ नम्बरको डबल क्याप बुलेरो घुम्ती सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटना दुधौली नगरपालिका–१ राँगेस्थित सडक खण्डमा भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि स्थानीयवासी र प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाएका छन् । घाइतेहरूको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौँ |स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रु दुई हजार १०० र चाँदी रु ५५ ल ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!