ट्रान्सफर्मर जडानका नाममा घुस लिँदै प्राधिकरणका इन्जिनियर पक्राउ

ट्रान्सफर्मर जडानका नाममा घुस लिँदै प्राधिकरणका इन्जिनियर पक्राउ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेको अवस्थामा नेपाल विद्युत प्राधिकरणका एक इन्जिनियरलाई नियन्त्रणमा लिएको छ।

आयोगका अनुसार जिल्ला सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्रका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दासले चार्जिङ्ग स्टेशनका लागि ट्रान्सफर्मर जडान गरी लाइन उपलब्ध गराइदिने प्रयोजनमा सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेको थियो।

उक्त उजुरीका आधारमा इटहरीस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले दासलाई सेवाग्राहीसँग १ लाख ४० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। उनलाई हनुमाननगर कंकालिनी नगरपालिका–१ बाट मंगलबार पक्राउ गरिएको आयोगले जनाएको छ।

पक्राउ परेका दासमाथि थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैदेशिक रोजगारीका विज्ञापनमा सम्पर्क विवरण अनिवार्य
5 घण्टा अगाडि

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

छुटाउनुभयो कि ?

TOP