ललितपुर–२ मा रास्वपाका जगदीश खरेल विजयी

ललितपुर–२ मा रास्वपाका जगदीश खरेल विजयी

काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल विजयी भएका छन्। आइतबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार खरेल ३९ हजार ४ सय ९१ मत प्राप्त गर्दै विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४ सय २० मत प्राप्त गरेका छन्। त्यसैगरी उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले ५ हजार ५ सय ४७ मत प्राप्त गर्दा नेकपा (एमाले) का प्रेमबहादुर महर्जनले ४ हजार ५ सय ३६ मत पाएका छन्।

अन्य उम्मेदवारमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले १ हजार ७ सय ६०, नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र अमात्यले १ हजार २ सय १७ र श्रम संस्कृति पार्टीका सरोज राईले ६ सय ८ मत प्राप्त गरेका छन्। यसैगरी नेपाल मजदुर किसान पार्टीकी चिरी मैया महर्जन (लाखाजु) ले २०७, स्वतन्त्र उम्मेदवार उमङ्ग केसीले ९९ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अष्टराज बज्राचार्यले ८७ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

ट्रान्सफर्मर जडानका नाममा घुस लिँदै प्राधिकरणका इन्जिनियर पक्राउ
1 हप्ता अगाडि

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेको अवस्थामा नेपाल विद्युत प्राधिकरणका एक इ ...

छुटाउनुभयो कि ?

TOP