काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल कैलाली-२ बाट १९ हजार ५७ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी अहिले सम्म कै कान्छो सांसद बन्नेभएकाछन् । कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल निर्वाचित भएका छन् ।
२६ वर्षीय उनले सो क्षेत्रबाट १९ हजार ५७ मत ल्यायी विजयी हासिल गरे । निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले भन्दा खनालले ७ हजार १०८ मतान्तर ल्याउन सफल भए । चौधरीले ११ हजार ९४९ मत ल्याए ।
त्यस्तै एमालेका सूर्यबहादुर थापाले ७ हजार ८८६ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरले ७ हजार २१३ मत ल्याए । यसअघि कैलाली १ मा कोमल ज्ञवाली, ३ मा रास्वपाकै जगतप्रसाद जोशी, ४ र ५ मा पनि रास्वपाकै खेमराज कोइराला र आनन्दबहादुर चन्द विजयी भएका थिए ।
काठमाडौँ । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र मापदण्ड विपरीतको भर्ना शुल्क फिर्ता ग ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!