बैतडी,फागुन २३-सुदूरपश्चिम प्रदेश सरकारले बैतडीको पुर्चौडीमा भएको घातक बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बिहीबार साँझ भएको दुर्घटनामा मृत्यु भएका १३ जनाका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो। साथै, दुर्घटनामा घाइते भएकाहरूको सरकारी अस्पतालमा भर्ना भएको अवधिभरको सम्पूर्ण औषधि तथा उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय पनि गरिएको छ।
बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर बझाङतर्फ फर्किँदै गरेको सु.प्र. ०२–००१ ख १११९ नम्बरको बस बिहीबार साँझ करिब साढे ७ बजे बडगाउँमा दुर्घटनामा परेको थियो। दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए।
घाइतेमध्ये २५ जनाको डडेल्धुरा अस्पताल, पाँच जनाको धनगढीस्थित निसर्ग अस्पताल र चार जनाको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रदेश सरकारले जनाएको छ।
प्रदेश सरकारले घाइतेहरूको अवस्था गम्भीर भए थप उपचारका लागि काठमाडौँसम्म लैजान हेलिकप्टर तयारी अवस्थामा राखिएको समेत जानकारी दिएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

प्रतिक्रिया