भावी प्रधानमन्त्रीको दाबी सहित गगन थापा भोलि सर्लाही–४ जाँदै, उम्मेदवार बनेर पहिलो यात्रा


काठमाडौ माघ १० ।  नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापा भोलि (आइतबार) सर्लाही प्रस्थान गर्ने भएका छन्।
प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएको क्षेत्र सर्लाही–४ मा उनी उम्मेदवारकै हैसियतमा पहिलोपटक जान लागेका हुन्।
शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले आफू जिल्ला जान लागेको जानकारी गराएका थिए।
“म पटक–पटक सर्लाही गएको छु, तर सधैँ पोलिटिकल कार्यक्रममा मात्रै।
यो पटक म उम्मेदवार बनेर जाँदैछु, त्यसैले मनमा अत्यन्तै धेरै उत्साह छ,” सभापति गगन थापा
थापाले सर्लाही–४ का युवाको भरोसामै जीवनकै सबैभन्दा ठूलो राजनीतिक निर्णय लिएको दाबीसमेत गरे।
“म जीवनकै अत्यन्तै ठूलो राजनीतिक निर्णय गरेर सर्लाही–४ आएको हुँ,
तपाईंहरूको भर परेर,” उनले भने।
गगन थापाको उम्मेदवारीसँगै सर्लाही–४ को राजनीतिक माहोल थप तातेको देखिएको छ भने कांग्रेसभित्र समेत यसलाई विशेष चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
9 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP