काठमाडौं,फागुन ११- सामाखुसी गोल्खु पाखास्थित द ब्युटी ग्यालरी सेलुन एन्ड एकडेमीले गएको शुक्रबार आफ्नो प्रथम वार्षिकोत्सव केक काटेर भव्य रूपमा मनाएको छ। आफ्नै कार्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममा संस्थाकी अध्यक्ष सुमा चित्रकारको अध्यक्षता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी बेरिना कस्मेटिकका नेपालस्थित अध्यक्ष राजेश जलानले संस्थाले छोटो समयमै ब्युटी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्दै आगामी दिनमा अझै प्रगति र सफलता हासिल गर्ने विश्वास व्यक्त गरे। सोही कम्पनीका सिओ सेजल जलानले पनि संस्थाको व्यावसायिकता र तालिमको गुणस्तर प्रशंसनीय रहेको बताउँदै निरन्तर सहकार्यको प्रतिबद्धता जनाए।
त्यस्तै गोङ्बु ब्युटी पार्लरका ज्ञानु महर्जन लगायत अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै ब्युटी क्षेत्रमार्फत स्वरोजगार सिर्जनामा संस्थाले खेलेको भूमिकाको सराहना गरे। कार्यक्रममा वर्षभरि संस्थालाई सहयोग पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो।
वार्षिकोत्सवको अवसरमा ब्युटी पार्लरका बेसिक तथा एड्भान्स कोर्स पूरा गरेका विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। प्रशिक्षार्थीहरूले आफ्नो सिकाइ अनुभव साझा गर्दै संस्थाप्रति आभार व्यक्त गरेका थिए।
कार्यक्रम सञ्चारकर्मी तथा गायिका विष्णु मायाले सञ्चालन गरेकी थिइन्। उत्साहपूर्ण उपस्थितिका बीच सम्पन्न कार्यक्रमले संस्थाको एक वर्षे यात्रालाई स्मरणीय बनाउँदै आगामी योजनाहरूलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको थियो।
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!