निर्वाचन आयोगद्वारा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

काठमाडौ ,फागुन १२-फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा देखिन सक्ने समस्या तत्काल समाधान गर्न निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ।

आयोग परिसरमा स्थापना गरिएको उक्त केन्द्रबाट निर्वाचनसँग सम्बन्धित सबै प्रकारका समस्या समाधान गरिने आयोगले जनाएको छ। केन्द्र आइतबारदेखि सञ्चालनमा आएको हो।

संयुक्त निर्वाचन सञ्चालन केन्द्रको शुभारम्भ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका हुन्। उनले कुनै पनि निर्वाचन क्षेत्रमा समस्या उत्पन्न भएमा केन्द्रले तत्काल हस्तक्षेप गरी समाधान गर्ने जानकारी दिए। मतदान केन्द्रमै समाधान हुन नसक्ने समस्याहरू केन्द्रमार्फत समाधान गरिने उनले बताए।

आयोगका सचिवको नेतृत्वमा रहने उक्त केन्द्रमा गृह मन्त्रालयका सहसचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सदस्य रहने व्यवस्था गरिएको छ।

केन्द्रले आवश्यक सूचना संकलन गर्ने, त्यसको विश्लेषण गर्ने र तत्काल आवश्यक निर्णय लिने काम गर्ने आयोगले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
13 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP