दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं, माघ २३— ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं शुक्रबार फेरि पक्राउ परेका छन्।

प्रसाईंलाई काठमाडौंको दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको हो। निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले साइबर ब्युरोलाई पत्राचार गरेपछि पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिएका छन्।

यसअघि पनि प्रसाईं ५ माघमा पोखराबाट पक्राउ परेका थिए। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको भन्दै उनले दिएको विवादास्पद अभिव्यक्तिपछि उनी पक्राउ परेका थिए।

प्रहरीले अहिले उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

इङ्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दियो
12 घण्टा अघि

काठमाडौं । आइसीसी पुरुष टि ट्वान्टीविश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP