काठमाडौं,माघ २४- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनपछि सिंहदरबार जल्ने अवस्था नबन्ने र नागरिकमाथि गोली चल्ने परिस्थिति नआउने ग्यारेन्टी आफ्नो पार्टीले मात्रै दिन सक्ने दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापतिले भदौ २३ र २४ गतेका घटनालाई स्मरण गराउँदै आसन्न निर्वाचनपछि त्यस्तो अराजकता नदोहरिने जिम्मेवारी कांग्रेसले लिने स्पष्ट पारे।
“फेरि सरकारले नागरिकमाथि गोली चलाउने अवस्था आउँदैन, फेरि सिंहदरबार जल्ने स्थिति बन्दैन भन्ने ग्यारेन्टी कसैले गर्न सक्छ भने त्यो कांग्रेसले मात्रै गर्न सक्छ। यो जिम्मा हामी लिन्छौँ र पूरा गर्छौँ,” उनले भने।
सभापतिले कांग्रेस संवाद र समावेशी नेतृत्वको पार्टी भएको बताए। उनले युवादेखि वृद्धसम्म, मधेसदेखि पहाडसम्म र विदेशमा रहेका लाखौँ नेपालीसँग संवाद गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
“हामी युवासँग संवाद गर्छौँ, बुढापाकासँग संवाद गर्छौँ। मधेस र पहाड सबैसँग संवाद गर्छौँ। देशबाहिर रहेका लाखौँ नागरिकसँग पनि संवाद गर्छौँ,” उनले जोड दिए।
थापाले फागुन २१ पछि सबैसँग हातेमालो गरेर देश विकासको नयाँ अध्याय सुरु गर्ने कांग्रेसको लक्ष्य रहेको पनि बताए। उनले निर्वाचनलाई देशको भविष्य निर्धारण गर्ने अवसरको रूपमा लिँदै राजनीतिक स्थिरता, सुशासन र विकासको नेतृत्व कांग्रेसले गर्ने दाबी गरे।
कांग्रेसले निर्वाचनपछि लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक अधिकारको रक्षा गर्दै देशलाई अगाडि बढाउने प्रतिबद्धता दोहोर्याएको छ।
काठमाडौं । आइसीसी पुरुष टि ट्वान्टीविश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद ...

प्रतिक्रिया