४६५ मध्ये ३१६ सिट : जापानमा ताकाइचीको ‘सुपर मेजोरिटी’!”

टोकियो,माघ २६ — जापानको संसदीय राजनीतिमा ऐतिहासिक मोड आएको छ। प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले संसदको शक्तिशाली तल्लो सदनमा निर्णायक जित हासिल गर्दै विपक्षीलाई कमजोर अवस्थामा पुर्‍याएको छ।

आइतबार सम्पन्न निर्वाचनको अन्तिम परिणामअनुसार ४६५ सदस्यीय तल्लो सदनमा एलडीपीले ३१६ सिट जितेको छ, जुन साधारण बहुमतका लागि आवश्यक २३३ सिटभन्दा ८३ सिट बढी हो। यस परिणामले ताकाइची सरकारलाई संसदमा आफ्ना नीति तथा कानून सहज रूपमा अघि बढाउने बलियो आधार दिएको छ।

राजनीतिक विश्लेषकहरूले यस जितलाई जापानी मतदाताले ताकाइचीको आर्थिक रणनीति, राष्ट्रिय सुरक्षा नीति र कडा प्रशासनिक शैलीलाई दिएको स्पष्ट समर्थनका रूपमा अर्थ्याएका छन्। अर्कोतर्फ विपक्षी दलहरू भने यो भारी पराजयपछि आन्तरिक समीक्षा र नयाँ रणनीति बनाउन बाध्य भएका छन्।

निर्वाचन परिणाम सार्वजनिक भएपछि पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री ताकाइचीले भनिन्, “हामीले जिम्मेवार र सक्रिय वित्तीय नीतिमा निरन्तर जोड दिँदै आएका छौं। हामी वित्तीय दिगोपनलाई प्राथमिकता दिनेछौं र देशको विकासका लागि आवश्यक लगानी सुनिश्चित गर्नेछौं।”
उनको अभिव्यक्तिले आगामी दिनमा जापानले आर्थिक सुधार, प्रविधि विकास, रक्षा क्षेत्रको आधुनिकीकरण र अन्तर्राष्ट्रिय कूटनीतिमा अझ सक्रिय भूमिका खेल्ने संकेत गरेको छ।

अब बहस सुरु भएको छ—यो विशाल बहुमतले जापानमा राजनीतिक स्थिरता र विकासलाई तीव्रता देला कि सत्ता केन्द्रीकरणको जोखिम बढाउला? जे भए पनि, यस निर्वाचनले जापानको राजनीतिमा सानाए ताकाइचीको प्रभावलाई अझ बलियो बनाएकोछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
14 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP