काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि दायर सहकारी ठगीसहितको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ता सम्बन्धी रिट सर्वोच्च अदालतले पूर्ण सुनुवाइका लागि चैत १ गते पेश गर्न आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिटको पूर्ण सुनुवाइका लागि आदेश जारी गरेको हो।
महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेका सहकारी ठगीसहितका मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्। पुस ३० गते उनले सदर गरेको ७ पृष्ठ लामो ‘टिप्पणी र आदेश’मा लामिछानेमाथि केवल सहकारी ठगी मुद्दा मात्र चलाउने र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा हटाउन निर्देशन दिइएको थियो।
तर सो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले रिट दायर गरेका थिए।
महान्यायाधिवक्ताको निर्देशन अनुसार कास्की र रुपन्देही जिल्ला अदालतमा निवेदन पेस भए पनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले सुनुवाइ हुन सकेको छैन। काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयले भने लामिछानेसहितको अभियोग पत्र संशोधनका लागि जिल्ला अदालतमा निवेदन पेस गरेका छैनन्।
स्रोत अनुसार, सर्वोच्चको आदेशपछि अब मुद्दाको पूर्ण सुनुवाइ चैत १ गते हुने छ, जसले देशभरको राजनीतिक र कानुनी क्षेत्रमा ठूलो ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।
अन्तिम क्षणसम्म तीव्र बनेको युद्धको जोखिमबीच अमेरिका र इरान दुई हप्ताको अस्थायी युद्धविराममा सहमत भए ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!