वीरगन्ज,माघ २६ — भन्सार छली गरी अवैध रूपमा ल्याइएको सामान बोकेको ट्रक नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी र तस्कर समूहबीच तनावपूर्ण स्थिति सिर्जना भएको छ। सोही प्रकरणसँग जोडिएको अवैध गोदाममा छापा मार्दा थप सामानसमेत बरामद भएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म वीरगन्जले हिजो (माघ २५ गते) वीरगन्ज महानगरपालिका–१४ स्थित पिपरा चोकबाट ना ३ ख ५०५२ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो। ट्रकमा करिब ७१ लाख रुपैयाँ बराबरको हार्डवेयरका सामान भिसिटिएस बिलबिनै वीरगन्जबाट पोखरा पठाउन लागिएको पाइएको थियो। नियन्त्रणमा लिइएको ट्रक र सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सोही रात राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको थियो।
सोही आधारमा आज बिहान गोदाम सञ्चालक मदन प्रसाद गुप्ताले सञ्चालन गरेको अवैध गोदाममा छापा मारिएको थियो। छापा मार्ने क्रममा तस्कर समूहले सशस्त्र प्रहरीमाथि अवरोध तथा आक्रमण प्रयास गरेको बताइएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको छ।
आजको छापामा गोदामबाट कुर्ता–सुरुवाल र साडी बरामद गरिएको छ। उक्त सामानको मूल्य १२ लाख ७२ हजार रुपैयाँ कायम गरी आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरीले यस प्रकरणमा थप अनुसन्धान जारी रहेको र संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।
काठमाडौ ,माघ २६-नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताले आफ्नो व्यक्तिगत विवरण अनलाइनमार ...

प्रतिक्रिया