काठमाडौ,माघ २६ — नारायणगढ–बुटवल सडक खण्डसहित देशभरका पूर्व–पश्चिम राजमार्ग र अन्य मुख्य राजमार्गको निर्माण र स्तरोन्नतिमा देखिएको ढिलासुस्तीको जिम्मेवारी पुराना कानुनमा रहेको भन्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कानुन परिवर्तन नगरी पूर्वाधार परियोजना समयमै सम्पन्न नहुने बताएका छन्।
सभापति थापाले सोमबार बिहान भिडियो सन्देश जारी गर्दै सडक निर्माण र अन्य पूर्वाधार विकासमा देखिएको समस्या केवल ठेकेदार वा कर्मचारीको कमजोरीमा मात्र सीमित नभएको बताए। “हामीले वर्षौँसम्म कहिले ठेकेदारलाई गाली गर्यौँ, कहिले कर्मचारीलाई दोष दियौँ। तर अब गाली गरेर मात्र समस्या समाधान हुँदैन,” उनले भने।
उनले नेपालमा सडक ऐन ४८ वर्ष पुरानो र सार्वजनिक खरिद ऐन २० वर्ष पुरानो भएको स्मरण गराउँदै कानुन नै विकासका लागि ठूलो अवरोध भएको बताए। “कम रकम बोल्ने ठेकेदारलाई मात्रै ठेक्का दिने प्रथा बन्द गर्नुपर्छ। छिटो, गुणस्तरीय र जिम्मेवार काम गर्ने ठेकेदारलाई प्राथमिकता दिनु अबको आवश्यकता हो,” थापाले स्पष्ट पारे।
सभापति थापाले सडक बनिसकेपछि खानेपानी, विद्युत् र दूरसञ्चारजस्ता निकायले फेरि खन्ने प्रवृत्तिले अनावश्यक लागत बढाएको र सडकको गुणस्तरमा असर परेको बताए। “पहिले सडक बनाउने, पछि अरू निकाय आएर खन्ने परिपाटी अन्त्य गर्नुपर्छ। पूर्वाधार योजना र समन्वयबिना विकास सम्भव छैन,” उनले जोड दिए।
थापाले आगामी संसद्ले कम्तीमा तीन दर्जन कानुन परिमार्जन गर्नुपर्ने उल्लेख गर्दै विकसित देशका झै पूर्वाधार निर्माणमा कानुनलाई अनुकूल बनाउनु पर्नेमा जोड दिए। “नेपाली कांग्रेस यसमा अग्रसरता लिन्छ। यस्तो प्रणाली बनाउनु पर्छ, जसमा भविष्यमा यस्ता समस्या दोहोरिनै नपरोस्,” उनले भने।
नारायणगढ–बुटवल सडक खण्डमा यात्रुले वर्षौँदेखि धुलो, खाल्डाखुल्डी र ट्राफिक जामको समस्या भोगिरहेका छन्। पूर्व–पश्चिम राजमार्गका विभिन्न खण्डको अवस्था पनि उस्तै छ।सभापति थापाको कानुन सुधार र काङ्ग्रेसको प्रतिबद्धताले देशको पूर्वाधार विकासमा नयाँ गति ल्याउने आशा गरिएको छ।
मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

प्रतिक्रिया