नेपाल टेलिकमले जीएसएम प्रिपेड प्रयोगकर्ताका लागि अनलाइन विवरण अद्यावधिक सेवा सुरु

काठमाडौ ,माघ २६-नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताले आफ्नो व्यक्तिगत विवरण अनलाइनमार्फत नै अद्यावधिक गर्न सक्ने सेवा औपचारिक रूपमा सुरु गरेको छ।

कम्पनीका अनुसार गत पुस २२ गते दूरसञ्चार कार्यालय सुन्धाराबाट यो सेवाको परीक्षण सुरु गरिएको थियो। परीक्षण सफल भएपछि नेपाल टेलिकमको २२औँ वार्षिकोत्सवको अवसर पारेर यही माघ २२ गतेदेखि देशभरका सबै कार्यालय तथा सेवा केन्द्रबाट यो सुविधा लागू गरिएको हो।

अब आफ्नो नाम, ठेगाना वा अन्य विवरण सच्याउनुपर्ने ग्राहकले नेपाल टेलिकमको कस्टमर लगइन पोर्टलमार्फत सेवा लिन सक्नेछन्। यसका लागि प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बर राखेर ओटीपी प्रमाणीकरण गर्नुपर्नेछ र त्यसपछि व्यक्तिगत विवरणसहित आफूले धेरै कल गर्ने पाँच वटा मोबाइल नम्बरसमेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

अनलाइनमार्फत सबै विवरण भरेपछि अन्तिम प्रमाणीकरणका लागि सम्बन्धित ग्राहकले नेपाल टेलिकमको कुनै कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्नेछ। त्यसपछि टेलिकमको प्रणालीले विवरण प्रमाणित गरी आधिकारिक रूपमा अद्यावधिक गर्नेछ।

नेपाल टेलिकमका अनुसार हाल पनि ठूलो संख्यामा ग्राहकको व्यक्तिगत विवरण पूर्ण रूपमा अद्यावधिक छैन। यस नयाँ अनलाइन सेवाले ग्राहकलाई सहज, छिटो र झन्झटरहित रूपमा विवरण अद्यावधिक गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

४६५ मध्ये ३१६ सिट : जापानमा ताकाइचीको ‘सुपर मेजोरिटी’!”
8 घण्टा अघि

टोकियो,माघ २६ — जापानको संसदीय राजनीतिमा ऐतिहासिक मोड आएको छ। प्रधानमन्त्री सानाए ताकाइची नेतृ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP