‘करेन्ट’ लागेर मजदुरको निधन

बनियानी (झापा), माघ २७ - झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति विद्युत चुहावट (करेन्ट) लागेर एक मजदुरको मृत्यु भएको छ ।    
    
यहाँस्थित ओमकार रेडिमेड कङ्क्रिट प्रालिमा काम गर्ने शिवसताक्षी नगरपालिका–४ का २८ वर्षीय राजीव राजवंशीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो ।    
    
उद्योगको मिक्चर मेसिन सफा गर्ने क्रममा मिक्चर मेसिनमा हिल्टी हान्दा ‘करेन्ट सर्ट’ भएर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड पुर्याइएकामा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी प्रवक्ता खड्काले बताउनुभयो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।    

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताप्लेजुङमा बिहानै ४ म्याग्निच्युडको भूकम्प, पूर्वी नेपालमा महसुस
5 घण्टा अघि

काठमाडौ,माघ २७-ताप्लेजुङको कञ्चनजंघा आसपास क्षेत्रमा आज बिहान २ बजेर ४७ मिनेट जाँदा भूकम्प गएको छ। र ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP