इटलीविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

इटलीविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इटलीविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । इटलीका निमित्त कप्तान ह्‍यारी मानेन्तीले टस जितेर पहिले बलिङको निर्णय गरेका हुन् । नियमित कप्तान वायन म्याड्सेन चोटका कारण उपलब्ध छैनन् ।

नेपालले आजको खेलका लागि एक परिवर्तन गरेको छ । शेर मल्लको स्थानमा ललित राजवंशी टोलीमा आएका छन् । नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग हार बेहोरेको थियो । इटली पनि पहिलो खेलमा स्कटलयान्डसँग पराजित भएको थियो । दुवै टोली आज पहिलो जितको खोजीमा छन् । 

नेपालको प्लेइङ ११  कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, लोकेश बम, करण केसी, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने रहेकाछन् ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

इरान युद्धमा ‘कुनै दया हुँदैन’ भन्ने अमेरिकी रक्षा मन्त्रीको अभिव्यक्ति विवादमा
एक महिना अगाडि

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले जारी राखेको सैन्य आक्रमणका बीच अमेरिकी रक्षा मन्त्री पीट हेगस ...

छुटाउनुभयो कि ?

TOP