गोर्खा । गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको विद्युतिय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै ज्यान गएको छ भने ८ जना घाइते भएका छन्।
शहिद लखन गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष दिपक पाण्डेका अनुसार, गाडीमा १५ जना भारतीय नागरिक सवार थिए। तीमध्ये ७ जनाको घटनास्थलमै मृत्यु भएको छ। बाँकी ८ घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते एक जनालाई भरतपुर रिफर गरिएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ।
दुर्घटना स्थलमा घटनाक्रम अनुसार गाडी सडकबाट करिब १५०–२०० मिटर तल खसेको थियो। पाण्डेका अनुसार, “ओरालो बाटोमा ईभी गाडी तातेर ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। बाटो बन्दै गरेको र ढलान पनि त्यस्तै छ। बाटो निकै ठाडो र अप्ठ्यारो छ, त्यसमाथि पानी पनि परिरहेको थियो। बाहिरी गाडी भएकाले पनि बाटोबारे ज्ञान नभएको हुन सक्ने अनुमान छ।”
घटनास्थलमा उद्धारमा सशस्त्र प्रहरी र स्थानीय टोली खटिएका थिए।
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेक ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!