काठमाडौं।राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई आज बिहान प्रहरीले काठमाडौं–भक्तपुरबाट पक्राउ गरेको छ।
पक्राउको प्रक्रिया बिहानै सुरु भएको थियो। प्रहरी टोली बिहान ६ बजे नै उनको निवास वरिपरि तैनाथ थियो। करिब पौने आठ बजे प्रहरीले उनलाई पक्राउ पुर्जी देखाएर पक्राउ गरेको हो। पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने उल्लेख गरिएको छ। हाल उनी जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएका छन्।
दुर्गा प्रसाईं यसअघि ४ फागुनमा पक्राउ परेका थिए र १३ फागुनमा रिहा भएका थिए। उनको रिहाइको माग गर्दै श्रीमती उमा प्रसाईंले सर्वोच्च अदालतमा बंदी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। अदालतका न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले उनलाई रिहा गर्न आदेश दिएको थियो।
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएपछि संसद् सचिवालयले सर्वदल ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!