वैदेशिक रोजगारीमा रहेका नेपालीको उद्धारका नाममा गैरकानुनी गतिविधि नगर्न सरकारको चेतावनी

वैदेशिक रोजगारीमा रहेका नेपालीको उद्धारका नाममा गैरकानुनी गतिविधि नगर्न सरकारको चेतावनी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको उद्धारका नाममा भइरहेका गैरकानुनी गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विभागले जारी गरेको सूचनामा वैदेशिक रोजगार ऐन, २०६४ अनुसार विदेशमा रहेका नेपाली श्रमिकहरू युद्ध, महामारी वा अन्य समस्यामा परेमा उनीहरूको उद्धार गर्ने जिम्मेवारी नेपाल सरकार तथा सम्बन्धित देशमा रहेका नेपाली कूटनीतिक नियोग (राजदूतावास) को हुने स्पष्ट गरिएको छ।

विभागका अनुसार पछिल्लो समय केही गैरसरकारी संस्था तथा व्यक्तिहरूले कानुन विपरीत उद्धारको नाममा भ्रम फैलाउने, श्रमिक तथा उनीहरूको परिवारलाई प्रभावित पार्ने खालका गतिविधि सञ्चालन गरिरहेको पाइएको छ। यस्ता कार्यहरू पूर्ण रूपमा गैरकानुनी भएको विभागले जनाएको छ।

विभागले आफ्नो स्वीकृति बिना वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि सेवा वा उद्धार कार्य गर्नु कानुन उल्लंघन हुने उल्लेख गर्दै समस्यामा परेका श्रमिकहरूको उद्धारका लागि विभागको आधिकारिक इमेल (rahat@feu.gov.np) र ह्वाट्सएप नम्बर वा सम्बन्धित देशस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ।

साथै, आधिकारिक प्रक्रिया बाहिरबाट गरिने उद्धारका प्रयासहरूले श्रमिकलाई थप जोखिममा पार्न सक्ने तथा कानुनी जटिलता निम्त्याउन सक्ने भएकाले यस्ता गतिविधिमा संलग्न संघसंस्था वा व्यक्तिविरुद्ध प्रचलित कानुन अनुसार कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैदेशिक रोजगारीका विज्ञापनमा सम्पर्क विवरण अनिवार्य
4 घण्टा अगाडि

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

छुटाउनुभयो कि ?

TOP