हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै

हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै

काठमाडौं । हुम्लाका चारवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकप्टरबाट ढुवानी हुने भएको छ । लिमी जाने दुई नाका नारा र न्यालु लेकको सडकमा हिउँ जमेका कारण बन्द भएकाले आयोगले हेलिकप्टर प्रयोग गर्न लागेको हो । त्यसैगरी, चाला जाने बाटोमा पनि हिउँ जमेर घोडेटो बाटो अवरुद्ध भएकाले सो मतदान केन्द्रमा हेलिकप्टरको व्यवस्था गर्न लागिएको हो ।

ती मतदान केन्द्रहरू भौगोलिक कारणले जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील स्थलका रूपमा रहेको औँल्याएको थियो । लिमीको सुनखानी प्रावि मतदान केन्द्र हल्जीमा २९३, भृकुटी प्रावि मतदान केन्द्र जाङमा २४७, हिमशिखर प्रावि तीलमा १३२ र हिमालय प्रावि चालामा १५९ मतदाता छन् । हाल यीमध्ये अधिकांश मतदाता जिल्ला बाहिर र चीनको ताग्लाकोटमा रहेकाले  उनीहरूलाई लिमी लैजान सडक खुलाउने प्रयास सुरु गरिएको छ ।

यी चारवटै मतदान केन्द्रमा हिमपातले यातायात सेवा अवरुद्ध भएका कारण चारवटा मतदान केन्द्र गरी २० कर्मचारी, नेपाली सेना, निर्वाचन प्रहरी, नेपाल प्रहरीसहितका सुरक्षाकर्मी ८० जना गरी १०२ कर्मचारी र मतपत्रलगायतका निर्वाचन सामग्री आज र भोलि गरी दुई दिनमा हेलिकप्टरबाटै ओसार्ने बताएके छ । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैदेशिक रोजगार सुधारका लागि मेघनाथ भुर्तेलद्वारा प्रधानमन्त्रीलाई खुला ध्यानाकर्षण पत्र
2 हप्ता अगाडि

काठमाडौं।नेपाल बैदेशिक रोजगार व्यवसायी संघका निबर्तमान महासचिव मेघनाथ भुर्तेलले प्रधानमन्त्री बालेन् ...

छुटाउनुभयो कि ?

TOP