काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नं २ को अन्तिम नतिजा सार्वजनिक भएको छ। प्राप्त अन्तिम मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन्।
पन्थीले नेकपा एमालेका प्रभावशाली नेता गोकर्ण विष्टलाई कडा प्रतिस्पर्धाका बीच ५६१ मतको अन्तरले पराजित गरेका हुन्। सार्वजनिक नतिजा अनुसार गोविन्द पन्थीले १६,९६७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी गोकर्ण राज विष्टले १६,४०६ मत प्राप्त गरे।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भुवन प्रसाद श्रेष्ठले १४,४३४ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्। गुल्मी-२ मा तीनै उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको थियो ।
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शेयर बजारमा अनावश्यक त्रास फैलाइएको भन्दै सरकार साना लगा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!