चितवन ।चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा हावाहुरी तथा वर्षापछि २८९ जना पर्यटक अलपत्र परेका छन्।
प्रतिकूल मौसमका कारण सौराहा घाट–घडियाल प्रजनन केन्द्र जाने सफारी रुट अवरुद्ध हुँदा स्वदेशी तथा विदेशी पर्यटकहरू जोखिममा परेका थिए।
घटनापछि नेपाली सेना अन्तर्गत नयाँ गोरख गणबाट खटिएको टोलीले उद्धार अभियान सञ्चालन गरी सबै पर्यटकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ।
अचानक आएको मौसम परिवर्तनका कारण पर्यटकीय गतिविधिमा असर परेको छ भने निकुञ्ज क्षेत्रभित्रको आवागमनसमेत प्रभावित बनेको छ।
काठमाडौं । गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्वोच्च अदालत ले आधिकारिक मान्यता दिएसँगै पा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!