काठमाडौँ।नेपालमा सम्पन्न सङ्घीय संसद् निर्वाचनपछि चीनले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिँदै द्विपक्षीय सहकार्य विस्तारको संकेत गरेको छ।
चिनियाँ पक्षले एक औपचारिक सन्देशमार्फत नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा शुभकामना व्यक्त गर्दै नयाँ राजनीतिक परिस्थितिसँग सहकार्य गर्न तयार रहेको जनाएको हो। विशेषगरी रास्वपा सबैभन्दा ठूलो दलका रूपमा उदाएपछि चीनले त्यसतर्फ आफ्नो चासो देखाएको बुझिएको छ।
सन्देशमा चीनले नेपालसँगको परम्परागत मित्रतालाई अझ सुदृढ बनाउँदै आगामी दिनमा व्यावहारिक सहयोगका क्षेत्रहरू विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। पूर्वाधार, व्यापार, लगानी तथा विकास साझेदारीका क्षेत्रमा सहकार्य बढाउने चीनको संकेत छ।
नेपालको बदलिँदो राजनीतिक समीकरणबीच चीनको यो प्रतिक्रिया कूटनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। विश्लेषकहरूका अनुसार नयाँ सरकार गठनको प्रक्रियासँगै अन्तर्राष्ट्रिय चासोसमेत बढ्दै गएको छ।
चीनले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन नेपालसँग सहकार्य गर्न तत्पर रहेको सन्देशमा उल्लेख गरेको छ।
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!