काठमाडौँ। संयुक्त राज्य अमेरिकाले इरानको तेल बिक्रीमा लगाइएको प्रतिबन्ध आंशिक रूपमा हटाउँदै ३० दिनका लागि अस्थायी अनुमति दिएको छ। हर्मुज जलडमरूमध्यमा जारी ढुवानी अवरोधका कारण उत्पन्न विश्वव्यापी आपूर्ति संकटलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो।
अमेरिकी विदेश विभागद्वारा जारी अनुमतिअनुसार शुक्रबारदेखि जहाजहरूमा लोड भइसकेको इरानी मूलको कच्चा तेल र पेट्रोलियम पदार्थको ओसार–पसार तथा बिक्री गर्न पाइनेछ। साथै, जहाजहरूको सुरक्षित स्थानान्तरण, चालक दलको स्वास्थ्य तथा सुरक्षाको संरक्षण, आपतकालीन मर्मत र वातावरणीय सुरक्षासम्बन्धी कार्यहरूका लागि समेत अनुमति दिइएको जनाइएको छ।
उक्त अस्थायी व्यवस्थाअनुसार सीमित मात्रामा पारवहन गरिने तेलको कारोबारमा संयुक्त राज्य अमेरिकाभित्र आयातसमेत समावेश गरिएको छ। तर नयाँ खरिद वा उत्पादनलाई भने कडाइका साथ निषेध गरिएको अमेरिकी स्रोतले स्पष्ट पारेको छ।
यसअघि वासिङ्टनले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीसँगको सहकार्यमा आपतकालीन तेल भण्डार प्रयोग गर्नुका साथै रूसी र भेनेजुएलाको तेलमाथि लगाइएका केही प्रतिबन्धहरू पनि खुकुलो बनाइसकेको छ।
संयुक्त राज्य अमेरिका, इजरायल र इरानबीच तीन सातादेखि जारी द्वन्द्वका कारण हर्मुज जलडमरूमध्य हुँदै हुने ढुवानीमा गम्भीर अवरोध पुगेको छ। यसले विश्व ऊर्जा बजारमा दबाब सिर्जना गरिरहँदा अमेरिकाको यो निर्णयलाई केहीले राहतका रूपमा लिएका छन् भने केहीले यसलाई रणनीतिक कदमका रूपमा विश्लेषण गरेका छन्।
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!