सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा उच्चस्तरीय बैठक

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा उच्चस्तरीय बैठक

काठमाडौँ। सिंहदरबारको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन गृहमन्त्रालयमा आज उच्चस्तरीय बैठक बसेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सम्पन्न बैठकले समग्र सुरक्षा तयारीबारे गम्भीर छलफल गरेको बताइएकोछ।

बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा मन्त्रालयका उच्च अधिकारीहरुको सहभागिता रहेको बताइयो। नवनिर्वाचित सङ्घीय सांसदहरुको सपथ ग्रहण, संसद् अधिवेशन सञ्चालन र सिंहदरबारभित्रको आन्तरिक सुरक्षा व्यवस्थापनका विषयमा विस्तृत छलफल भएको जनाइयो।

गृहमन्त्री अर्यालले सपथ ग्रहण तथा संसद् अधिवेशनलाई सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक, सुरक्षा तथा व्यवस्थापनका सबै पक्षलाई सुदृढ बनाउन निर्देशन दिए। उनले सिंहदरबारभित्र रहेका मन्त्रालयहरुको सुरक्षामा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई सतर्क रहन आग्रह गरे।

बैठकमा सहभागी सुरक्षा निकायका उच्च अधिकारीहरुले आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको जानकारी दिए। संवेदनशील क्षेत्रको निगरानी बढाइएको, सुरक्षाकर्मी परिचालनलाई सुदृढ बनाइएको तथा आकस्मिक अवस्थाका लागि तयारी अवस्थामा राखिएको बताए।

सिंहदरबारको सुरक्षा व्यवस्थालाई अझ कडा र प्रभावकारी बनाउने उद्देश्यले समन्वयात्मक ढंगले काम अघि बढाइने निर्णय बैठकले गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

पशुपति बनकालीमा डोजर एक्सन, ५ संरचना भत्काइयो
5 घण्टा अगाडि

काठमाडौं ।काठमाडौं महानगरपालिका–८ स्थित विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र अन्तर्गत बनक ...

छुटाउनुभयो कि ?

TOP