काठमाडौं । धादिङ जिल्ला अस्पतालमा उपचाररत एक किशोरीको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ। नीलकण्ठ–१३ निवासी १८ वर्षीया मिरा आचार्यको आकस्मिक कक्षमा उपचारका क्रममा निधन भएको हो।
मृत्युपछि आक्रोशित आफन्तहरूले अस्पतालमाथि लापरबाहीको आरोप लगाउँदै आकस्मिक कक्ष घेराउ गरेका छन्। स्थानीय बासिन्दासमेत सहभागी भई अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन्।स्थिति तनावग्रस्त बनेपछि अवस्था नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ। प्रदर्शनकारीहरूले नाराबाजी गर्दै संलग्न चिकित्सकलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।
घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग आफन्तहरूले गरेका छन्।
काठमाडौं ।काठमाडौं महानगरपालिका–८ स्थित विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र अन्तर्गत बनक ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!