नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि अब छुट्टाछुट्टै फारम नपर्ने

नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि अब छुट्टाछुट्टै फारम नपर्ने


काठमाडौं | अब नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि छुट्टाछुट्टै फारम भर्नुपर्ने झन्झट हट्ने भएको छ । सरकारले केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता गरी सेवा प्रवाह सुरु गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार, अब एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा बारम्बार फारम भर्नुपर्ने अवस्था अन्त्य हुने छ । यसबाट सेवाग्राहीलाई सहज र नागरिकमैत्री सेवा प्राप्त हुने विश्वास गरिएको छ ।

गृहमन्त्री अर्यालले राष्ट्रिय परिचयपत्र बनाउनका लागि हालसम्म विवरण दर्ता फारम भरेर जैविक (बायोमेट्रिक) विवरण दिन तोकिएका इकाइमा पुग्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै अब त्यो प्रक्रिया सरल हुने बताए ।

‘गृह मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेका दुई प्रणालीबीच अन्तरआबद्धता गरेर राष्ट्रिय परिचयपत्रका लागि छुट्टै आवेदन फारम भर्न नपर्ने व्यवस्था गरेका छौं,’ उनले भने, ‘यसले नागरिकलाई भलन्झटरहित सेवा दिन मद्दत पुग्नेछ ।’

हाल केही स्थानबाट केन्द्रिकृत सेवा सुरु भइसकेको र यसलाई क्रमशः देशभर विस्तार गरिने पनि उनले जानकारी दिए ।

सरकारका अनुसार, यस व्यवस्थाले सेवाग्राहीले बायोमेट्रिक विवरण दिनका लागि छुट्टै समय र खर्च गर्नुपर्ने अवस्थालाई समेत न्यूनिकरण गर्नेछ

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

पशुपति बनकालीमा डोजर एक्सन, ५ संरचना भत्काइयो
5 घण्टा अगाडि

काठमाडौं ।काठमाडौं महानगरपालिका–८ स्थित विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र अन्तर्गत बनक ...

छुटाउनुभयो कि ?

TOP