इरानको क्षेप्यास्त्र आक्रमण : परमाणु केन्द्र नजिकै विस्फोट, १०० भन्दा बढी घाइते

इरानको क्षेप्यास्त्र आक्रमण : परमाणु केन्द्र नजिकै विस्फोट, १०० भन्दा बढी घाइते

काठमाडौं।इरान ले इजरायल का संवेदनशील क्षेत्र लक्षित गर्दै गरेको क्षेप्यास्त्र (मिसाइल) आक्रमणमा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आक्रमण इजरायलको एक महत्वपूर्ण परमाणु केन्द्र नजिकै भएको हो। विस्फोटपछि आसपासका क्षेत्रमा ठूलो त्रास फैलिएको छ भने स्थानीय बासिन्दाहरू सुरक्षित स्थानतर्फ सर्न बाध्य भएका छन्।

इजरायली सुरक्षाकर्मीले अधिकांश क्षेप्यास्त्र आकाशमै अवरोध गरिएको दाबी गरे पनि केही प्रहार लक्ष्य नजिकै पुगेका कारण भौतिक क्षति भएको जनाइएको छ। घाइतेहरूलाई नजिकका अस्पतालहरूमा उपचारका लागि लगिएको छ, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

घटनापछि इजरायल ले कडा प्रतिक्रिया दिने संकेत गरेको छ। इजरायली नेतृत्वले यसलाई राष्ट्रिय सुरक्षामाथिको गम्भीर आक्रमणका रूपमा व्याख्या गर्दै प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएको छ।

उता इरान ले भने उक्त आक्रमणलाई आफ्नो “रक्षात्मक कदम” भएको दाबी गरेको छ। पछिल्ला दिनहरूमा संयुक्त राज्य अमेरिका र इजरायलबाट भएका आक्रमणको जवाफस्वरूप यस्तो कदम चालिएको इरानी पक्षले जनाएको छ।

यस घटनासँगै मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ। अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आग्रह गरिरहे पनि दुवै पक्षबीचको तनाव तत्काल कम हुने संकेत देखिएको छैन।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

पशुपति बनकालीमा डोजर एक्सन, ५ संरचना भत्काइयो
5 घण्टा अगाडि

काठमाडौं ।काठमाडौं महानगरपालिका–८ स्थित विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र अन्तर्गत बनक ...

छुटाउनुभयो कि ?

TOP