काठमाडौँ।अध्यागमन विभाग ले नेपाली मूलका विदेशी नागरिकका लागि आगमन र प्रस्थान दुवैतर्फ छुट्टै लाइनको व्यवस्था लागू गरेको छ।
विभागले चैत ८ गते गरेको निर्णयअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा उक्त व्यवस्था कार्यान्वयनमा ल्याइएको जनाएको छ।
नयाँ व्यवस्थाअनुसार अब नेपाली मूलका विदेशी नागरिक (एनआरएन) ले छुट्टै लाइनमार्फत अध्यागमन प्रक्रिया पूरा गर्न सक्नेछन्। यसले उनीहरूको प्रतीक्षा समय घटाउने र सेवा प्रवाहलाई थप छिटो तथा व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
अध्यागमन विभागले सेवा सुधार तथा यात्रु व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको जनाएको छ। विभागका अनुसार अन्तर्राष्ट्रिय अभ्यासअनुसार सेवा प्रवाहलाई व्यवस्थित गर्ने लक्ष्यसहित उक्त व्यवस्था लागू गरिएको हो।
विभागले आवश्यक जनशक्ति, डेस्क तथा पूर्वाधार व्यवस्थापन गरेर निर्णय कार्यान्वयनमा ल्याइएको स्पष्ट पारेको छ। साथै, आगामी दिनमा सेवा थप प्रभावकारी बनाउन थप सुधारका योजना अघि बढाइने पनि जनाएको छ।
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!