डोनाल्ड ट्रम्पद्वारा इरानमाथि आक्रमण स्थगित, वार्ताको प्रयास तीव्र

डोनाल्ड ट्रम्पद्वारा इरानमाथि आक्रमण स्थगित, वार्ताको प्रयास तीव्र

काठमाडौँ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको ऊर्जा पूर्वाधार लक्षित सैन्य आक्रमण अस्थायी रूपमा स्थगित गरेका छन्। उनले इरानसँग “सकारात्मक वार्ता” भइरहेको दाबी गर्दै तत्काल आक्रमण नगर्ने निर्णय गरेका हुन्।

अमेरिकी प्रशासनका अनुसार इरानमाथि विशेषगरी विद्युत् उत्पादन केन्द्रमा लक्षित आक्रमणको तयारी गरिएको थियो। तर पछिल्लो अवस्थालाई ध्यानमा राख्दै केही दिनका लागि उक्त योजना रोकिने निर्णय गरिएको जनाइएको छ।

ट्रम्पले इरानलाई हर्मुज जलडमरु मार्ग खुला राख्न अल्टिमेटम दिएका थिए। उनले उक्त मार्ग अवरुद्ध भएमा इरानका महत्वपूर्ण ऊर्जा संरचनामा कडा आक्रमण गरिने चेतावनी दिएका थिए। तर वार्ताबाट समाधान खोज्ने प्रयासस्वरूप आक्रमण तत्काल नगर्ने निर्णय गरिएको बताइएको छ।

यद्यपि इरानले भने अमेरिकासँग कुनै औपचारिक वा प्रत्यक्ष वार्ता नभएको दाबी गरेको छ। इरानी पक्षले अमेरिकाले एकतर्फी दबाब सिर्जना गर्न खोजेको आरोप लगाउँदै आवश्यक परे प्रतिकार गर्ने चेतावनी दिएको छ।

यसबीच अमेरिका–इरान तनावले अन्तर्राष्ट्रिय बजारमा पनि प्रभाव पारेको छ। आक्रमण स्थगित गरिएको खबर सार्वजनिक भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ भने सेयर बजारमा सामान्य सुधार देखिएको छ।

मध्यपूर्व क्षेत्रमा पछिल्ला केही सातादेखि तनाव चर्किँदै गएको छ। अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि दबाब बढाइरहेका छन् भने इरानले पनि आफ्नो प्रतिरक्षा क्षमतालाई सुदृढ बनाउँदै आएको छ।

हालको अवस्थाले युद्ध टरेको संकेत नदिए पनि कूटनीतिक पहल बढेको देखिएको छ। अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयमता अपनाउँदै वार्तामार्फत समाधान खोज्न आग्रह गरिरहेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैदेशिक रोजगारीका विज्ञापनमा सम्पर्क विवरण अनिवार्य
4 घण्टा अगाडि

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

छुटाउनुभयो कि ?

TOP