काठमाडौं । इन्धन खपत कम गर्न सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्ने विषयमा सरकारले छलफल अगाडि बढाएको छ। इन्धन खपत कम गर्न सार्वजनिक सवारीसाधनमा जोरबिजोर नम्बरका आधारमा सञ्चालन गर्ने गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छलफल गरेको हो। यातायात व्यवस्था विभागले पनि यस विषयमा यातायात व्यवसायीसँग छलफल गरेको बुझिएको छ।
पश्चिम एसियाली मुलुकमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएपछि नेपालमा पेट्रोलियम पदार्थको खपत घटाउन सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्ने गृहकार्य गरिएको हो। युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल १०२ अमेरिकी डलर पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा प्रत्यक्ष रुपमा पर्ने गर्छ ।
इन्डियन आयल कर्पोरेसन आइओसी ले गत साता पठाएको मूल्य अनुसार पेट्रोल लिटरमा ३१, डिजेल ५४ रुपियाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २१६ रुपियाँ मूल्य बढेर आएको थियो। तर निगमले पेट्रोलमा १५ र डिजेलरमटितेलमा १० रुपियाँ मूल्य बढाएको थियो ।
मूल्य धेरै बढेर आए पनि निगमले मूल्य स्थिरीकरण कोषबाट व्यवस्थापन गर्ने गरी कम मूल्य घटाएको थियो। सवारीसाधन जोरबिजोर नम्बरका आधारमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भए पनि कहिलेदेखि लागु गर्ने भनेर निर्णय भइसकेको छैन् ।
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!