नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव

नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन २०८३ भदौ २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्ने गरी प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ।पार्टीको नयाँ नेतृत्व चयनका लागि तल्लो तहदेखि नै चुनावी प्रक्रिया सुरु हुने गरी यो तालिका प्रस्ताव गरिएको छ ।

सभापति गगन थापाद्वारा मंगलबारको केन्द्रीय समिति बैठकमा प्रस्तावित तालिका अनुसार महाधिवेशनको प्रारम्भिक तयारीका रूपमा क्रियाशील सदस्यता वितरण र नवीकरणको विशेष अभियान चैत २१ गतेदेखि सुरु हुने बताईएको छ । यस प्रक्रियालाई २०८३ असार मसान्तभित्र टुङ्ग्याएर निर्वाचन समितिलाई नामावली बुझाउने लक्ष्य राखिएको छ। त्यसपछि साउन ६ गते देशभरका ६ हजार ७ सय ४३ वटै वडामा एकैसाथ अधिवेशन सुरु हुने छ ।

तल्लो तहको अधिवेशनको निरन्तरता स्वरूप साउन १२ गते गाउँ, नगरपालिका, साउन २३ गते प्रदेश सभा क्षेत्रीय र साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तथा एक मात्र क्षेत्र भएका जिल्लाहरूको जिल्ला अधिवेशन हुने कार्यतालिकामा उल्लेख छ। भदौ महिनामा प्रवेश गरेसँगै भदौ ६ र ७ गते जिल्ला अधिवेशन तथा भदौ १५ र १६ गते सातै प्रदेशको अधिवेशन सम्पन्न गरिनेछ। यी सबै तहका अधिवेशनहरू सम्पन्न भएपछि अन्तिम चरणमा भदौ २४, २५ र २६ गते काठमाडौँमा भव्य रूपमा केन्द्रीय महाधिवेशन आयोजना गरिने थापाको प्रस्ताव छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

पशुपति बनकालीमा डोजर एक्सन, ५ संरचना भत्काइयो
5 घण्टा अगाडि

काठमाडौं ।काठमाडौं महानगरपालिका–८ स्थित विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र अन्तर्गत बनक ...

छुटाउनुभयो कि ?

TOP