काठमाडौं । जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरेर प्रतिवेदन सार्वजनिक नगरिएकोप्रति आपत्ति जनाउँदै आगामी चैत १३ गतेभित्र सार्वजनिक गर्न अल्टिमेटम दिएको हो। वक्तव्यमा प्रतिवेदन सार्वजनिक नगर्नु पारदर्शिता, उत्तरदायित्व र सुशासनको सिद्धान्त विपरीत भएको आरोप लगाइएको छ।
देशको राजनीतिक नयाँ दिशाबोध गर्ने विश्वास गरिएको उक्त प्रतिवेदन लुकाएर राख्नु स्वीकार्य हुन नसक्ने वक्तव्यमा उल्लेख गनिएको छ। आन्दोलनले सरकारमाथि राज्यसत्ताको दुरुपयोग भएको गम्भीर आरोप लगाउँदै सत्यतथ्य सार्वजनिक गर्ने जनअधिकारबाट नागरिकलाई वञ्चित गरिएको दाबी गरेको छ। यही १३ गतेभित्र प्रतिवेदन सार्वजनिक नगरे शीतल निवास घेराउसहित सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ। वक्तव्यमा आन्दोलनका क्रममा उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने उल्लेख गरिएको छ।
आन्दोलनले लोकतान्त्रिक मूल्य,मान्यता र जनअधिकारको रक्षा गर्न निरन्तर प्रतिबद्ध रहने बताउँदै आवश्यक परे थप कडा कदम चाल्ने चेतावनी पनि दिएको छ।
काठमाडौं ।काठमाडौं महानगरपालिका–८ स्थित विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र अन्तर्गत बनक ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!