काठमाडौं । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल बेकरी क्याफेमा भएको आगलागी नियन्त्रणमा आएको छ । धरान रोडमा रहेको क्याफेको भान्साबाट बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकोे छ । प्रहरीका अनुसार अनुसार आगलागीको कारण र क्षतिको विवरण संकलन भइरहेको छ ।
क्याफेको भान्साबाट सुरु भएको आगलागी सुरक्षाकर्मी, स्थानीयवासी तथा छिमेकी पालिकाबाट आएका दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो । आगो नियन्त्रणका लागि धरान, इनरुवा र रामधुनी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । इटहरी उपमहानगरपालिकाको दुई वटा दमकल जेनजी आन्दोलनका क्रममा जलेका कारण प्रयोगमा छैन ।
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी युद्ध चाँडै अन्त्य हुनसक्ने बताएका छन्। उ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!