काठमाडौं। नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको दमनसम्बन्धी छानबिन प्रतिवेदन कार्यान्वयनमा सरकारको व्यवहार फरक–फरक देखिएको भन्दै असन्तुष्टि जनाएको छ।
शनिबार बसेको पार्टीको संसदीय सचेतना कार्यक्रमपछि जारी विज्ञप्तिमा कांग्रेसले एउटै घटनाको एउटै प्रतिवेदन र समान सिफारिस हुँदाहुँदै पनि कार्यान्वयनमा असमानता देखिएको उल्लेख गरेको हो।
कांग्रेसका अनुसार आयोगले सिफारिस गरेका व्यक्ति तथा निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरेर ढिलाइ गर्ने तर अन्य पक्षमा तत्कालै कारबाही अघि बढाउने निर्णयले सरकारको दृष्टिकोण चयनमुखी देखिएको छ।
पार्टीले यस्तो व्यवहारले निष्पक्षता र विधिको शासनमाथि प्रश्न उठाएको बताउँदै प्रतिवेदनको समान र निष्पक्ष कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ।
कांग्रेसले भदौ २३–२४ को घटनामा सबै पक्षलाई समान रूपमा कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह समेत गरेको छ।
काठमाडौं । गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्वोच्च अदालत ले आधिकारिक मान्यता दिएसँगै पा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!