सिंहदरबारमा आकस्मिक सुरक्षा बैठक, उच्च सतर्कता अपनाइँदै

सिंहदरबारमा आकस्मिक सुरक्षा बैठक, उच्च सतर्कता अपनाइँदै

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ ले शनिबार साँझ सिंहदरबार मा आकस्मिक सुरक्षा बैठक बोलाएका छन्। बैठकमा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल सहित उच्च सुरक्षा अधिकारीहरू सहभागी छन्।

प्रहरी स्रोतका अनुसार गृहमन्त्रीको कार्यकक्षमा जारी बैठकमा देशको पछिल्लो सुरक्षा अवस्था, सम्भावित जोखिम तथा त्यसको नियन्त्रणका उपायबारे गम्भीर छलफल भइरहेको छ। पछिल्ला राजनीतिक घटनाक्रमसँगै सुरक्षा सतर्कता उच्च पार्ने विषय बैठकको मुख्य एजेन्डा रहेको बताइएको छ।

बैठक अझै जारी रहेकाले विस्तृत निर्णय सार्वजनिक भइसकेको छैन, तर सुरक्षा निकायहरूलाई उच्च तयारी अवस्थामा रहन निर्देशन दिने सम्भावना रहेको स्रोतको दाबी छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP