काठमाडौं । जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई सुरक्षा कारण देखाउँदै नेपाली सेनाको ब्यारेकमा राख्ने तयारी सरकारले गरेको छ ।
आयोगको सिफारिसका आधारमा शनिबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेपछि राजनीतिक माहोल तनावग्रस्त बनेको छ ।
विशेषगरी नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू आक्रोशित बन्दै सडकमा उत्रिएका छन्, जसका कारण दिनभर काठमाडौं उपत्यकाको अवस्था तनावपूर्ण रह्यो ।
उच्च सुरक्षा जोखिमको मूल्यांकन गर्दै कार्कीको सुरक्षालाई प्राथमिकता दिइएको स्रोतको भनाइ छ । यसै क्रममा उनलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको हो । साथै, भक्तपुरको गुण्डुस्थित उनको निजी निवासमा समेत बाक्लो सुरक्षा व्यवस्था मिलाइएको छ ।
काठमाडौं । गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्वोच्च अदालत ले आधिकारिक मान्यता दिएसँगै पा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!