बालेनको सचिवालय टिम सार्वजनिक

बालेनको सचिवालय टिम सार्वजनिक

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले आफ्ना प्रमुख सल्लाहकार तथा सहयोगीहरूको टिम गठन गरेको छ। विभिन्न क्षेत्रका व्यक्तिहरूलाई जिम्मेवारी दिँदै सचिवालयलाई व्यवस्थित बनाउने प्रयास गरिएको छ।

सचिवालयमा कुमार बेन लाई प्रमुख सल्लाहकारको जिम्मेवारी दिइएको छ भने असिम शाह राजनीतिक सल्लाहकारका रूपमा नियुक्त भएका छन्। यस्तै, सुवास शर्मा मुख्य स्वकीय सचिवको भूमिकामा रहेका छन्। प्रशासनतर्फ सुदिप ढकाल लाई प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ भने विवेक मिश्र सूचना, सञ्चार तथा प्रविधि संयोजकका रूपमा कार्यरत छन्।

त्यसैगरी, प्रदीप परियार (सहसचिव) निजी सचिवालयमा रहेका छन् भने दिपेश बस्याल (डिएसपी)व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) को रूपमा खटिएका छन्। सचिवालयका अनुसार विभिन्न क्षेत्रको अनुभव समेटेर टिम निर्माण गरिएको हो, जसले कामको प्रभावकारिता र समन्वय बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

डिजिटल स्वास्थ सेवा प्रदान गर्न 'नि :शुल्क स्वास्थ" नामक अनलाइन पोर्टल संचालनमा
4 घण्टा अगाडि

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले स्वास्थ्य सेवा व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउन ...

छुटाउनुभयो कि ?

TOP