पूर्व सभासद कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ

पूर्व सभासद कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ

काठमाडौं । नेकपा एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परेका छन्। प्रहरीका अनुसार मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्दै आएका ५२ वर्षीय मल्ललाई शनिबार ललितपुर महानगरपालिका–१५ बाट नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले दिएको जानकारी अनुसार पीडित महिलाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

मल्लविरुद्ध एक महिलाले बलात्कार गरेको आरोप लगाउँदै फागुन ५ गते प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्। सोही उजुरीको अनुसन्धानका क्रममा प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी परिसर ललितपुर तथा सातदोबाटो प्रहरी वृत्तको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उक्त प्रकरणमा पीडित महिला केही समयअघि काठमाडौंको माइतीघर मण्डलामा अनशनसमेत बसेकी थिइन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP