औषधि मूल्यवृद्धि प्रकरण छानबिन गर्न समिति गठन

औषधि मूल्यवृद्धि प्रकरण छानबिन गर्न समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशकद्वारा प्रचलित कानुन विपरीत औषधिको मूल्य वृद्धि गरिएको भन्ने आरोपबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

मन्त्रालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट चैत २६ गते प्राप्त पत्रका आधारमा उक्त विषयमा औपचारिक छानबिन प्रक्रिया अघि बढाइएको हो। उजुरीमा तोकिएको कानुनी प्रक्रिया पूरा नगरी औषधिको मूल्य बढाइएको दाबी गरिएको छ।

छानबिन समितिमा मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठ, कानुन शाखा प्रमुख गोपीकृष्ण रेग्मी र विज्ञ सदस्य कविन मलेकु रहेका छन्।

मन्त्रालयले समितिलाई घटनाको तथ्यगत अध्ययन, कानुनी प्रक्रिया पालना भए–नभएको मूल्यांकन तथा सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

उक्त प्रकरणले औषधि बजारको पारदर्शिता र उपभोक्ता हितसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले यसको निष्कर्षलाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैदेशिक रोजगारीका विज्ञापनमा सम्पर्क विवरण अनिवार्य
4 घण्टा अगाडि

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

छुटाउनुभयो कि ?

TOP