मन्त्रिपरिषद् बैठकमा नीति तथा कार्यक्रम स्वीकृत

मन्त्रिपरिषद् बैठकमा नीति तथा कार्यक्रम स्वीकृत

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने  नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको हो ।

आज अपराह्न ४ बजे राष्ट्रपति पौडेलले नेपालकोसंविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने  सम्भावित कार्यसूची  छ । 

मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिद्वारा हुने सम्बोधनलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।     
     सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

दाङमा नक्कली नागरिकता प्रकरण: वडा अध्यक्षसहित चार पक्राउ
एक दिन अगाडि

दाङ -झुट्टा विवरण पेस गरी गैरनेपाली नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा दाङमा वडा ...

छुटाउनुभयो कि ?

TOP