काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वैदेशिक रोजगारसँग सम्बन्धित मुद्दामा घुस लिँदै गरेका एक कर्मचारीलाई पक्राउ गरेको छ।
आयोगका अनुसार वैदेशिक रोजगार विभाग, ताहाचलस्थित अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत नायब सुब्बा हेम बहादुर मस्राङगीले सेवाग्राहीसँग मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस माग गर्दै आएको उजुरी परेको थियो।
उक्त सूचनाको आधारमा खटिएको अख्तियारको टोलीले मस्राङगीलाई सेवाग्राहीसँग १५ हजार घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको हो। पक्राउका क्रममा उनको साथबाट स्रोत नखुलेको थप ७७ हजार ६ सय रुपैया समेत बरामद गरिएको आयोगले जनाएको छ।
यसरी कुल ९२ हजार ६ सय नगद र तीन थान मोबाइलसहित उनलाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपाने ले जानकारी दिएका छन्।
अख्तियारले सार्वजनिक सेवामा हुने अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई अझ कडाइका साथ अगाडि बढाइरहेको जनाएको छ।
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले स्वास्थ्य सेवा व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउन ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!