वैदेशिक रोजगारमा जाने श्रमिकले अनावश्यक बिल–रसिद पेश गर्नुपर्ने व्यवस्था हट्यो

वैदेशिक रोजगारमा जाने श्रमिकले अनावश्यक बिल–रसिद पेश गर्नुपर्ने व्यवस्था हट्यो

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारका लागि विदेश जाने नेपाली श्रमिकहरूलाई अनावश्यक बिल, रसिद तथा अतिरिक्त कागजात पेश गर्नुपर्ने व्यवस्था नरहेको स्पष्ट पारेको छ।

विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट विदेश प्रस्थान गर्ने श्रमिकहरूको हकमा राहदानी र वैदेशिक रोजगार विभागबाट जारी श्रम स्वीकृति जस्ता न्यूनतम आधारभूत कागजात मात्र पर्याप्त हुने जनाएको छ।

यसअघि विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार तथा वैदेशिक रोजगार विभागको सूचनापछि देखिएको अन्योलता सम्बोधन गर्दै विभागले थप कागजात मागिने व्यवस्था नभएको स्पष्ट गरेको हो।

गृह मन्त्रालयको मन्त्रिस्तरीय निर्णय तथा प्रचलित अध्यागमन कानुनअनुसार यात्रुहरूलाई अनावश्यक कागजातका कारण समस्या नहोस् भन्ने उद्देश्यले यस्तो स्पष्टता दिइएको विभागको भनाइ छ।

विभागले विदेश जाने नेपाली नागरिकहरूलाई कुनै पनि भ्रममा नपरी आफ्नो यात्रा तयारी सुनिश्चित गरेर मात्र प्रस्थान गर्न पनि आग्रह गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

डिजिटल स्वास्थ सेवा प्रदान गर्न 'नि :शुल्क स्वास्थ" नामक अनलाइन पोर्टल संचालनमा
4 घण्टा अगाडि

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले स्वास्थ्य सेवा व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउन ...

छुटाउनुभयो कि ?

TOP