बैतडी । बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ स्थित हल्दुविनायकबाट करिब २१ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको चोरीपैठारीको सामान बरामद गरिएको छ।
चैत्र २९ गते सशस्त्र प्रहरी बल नेपाल नं. ५१ गुल्म बैतडीले भारतबाट अवैध रूपमा भित्र्याइँदै गरेको किराना सामानसहित दुई सवारीसाधन नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीका अनुसार सु.प्र.प्र. ०१–००२ त ५०९० नम्बरको ट्याक्टर र सु.प्र.प्र. ०१–००१ च २७८९ नम्बरको बलेरो पिकअप गाडीमा लोड गरेर नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा उक्त सामान फेला परेको हो।
बरामद गरिएको सामानको अनुमानित मूल्य २१ लाख ९ हजार रुपैयाँ बराबर रहेको जनाइएको छ।
नियन्त्रणमा लिइएका सामान तथा दुवै सवारीसाधन आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!