काजोल पोख्रेलको ४ जिपिएसँगै टेक्सास स्कुलको ऐतिहासिक नतिजा

काजोल पोख्रेलको ४ जिपिएसँगै टेक्सास स्कुलको ऐतिहासिक नतिजा

काठमाडौ ।काठमाडौँ महानगरपालिका–चावहिल, मित्रपार्क क्षेत्रमा अवस्थित टेक्सास इन्टरनेसनल सेकेन्डरी स्कुलले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट र ऐतिहासिक नतिजा हासिल गरेको छ।

विद्यालयकी मेधावी छात्रा काजोल पोख्रेलले पूर्ण ४ जिपिए प्राप्त गर्दै विद्यालयकै उत्कृष्ट नतिजा हासिल गरेकी छन्। उनको यो उपलब्धिले विद्यालयमा खुसी र उत्साहको वातावरण सिर्जना गरेको छ।

यस वर्षको नतिजामा ४० जना विद्यार्थीले ३.६१ देखि ४ जिपिएसम्म ल्याउन सफल भएका छन् भने ९ जना विद्यार्थीले ३.४९ देखि ३.६ जिपिएसम्मको उत्कृष्ट अंक हासिल गरेका छन्। यसरी कुल ४९ विद्यार्थीले उत्कृष्ट श्रेणीमा स्थान बनाउँदै विद्यालयको शैक्षिक स्तरलाई अझ मजबुत बनाएका छन्।

विद्यालय प्रशासनका अनुसार यो सफलताको पछाडि विद्यार्थीहरूको निरन्तर मेहनत, शिक्षकहरूको समर्पण, अभिभावकहरूको साथ तथा सम्पूर्ण विद्यालय परिवारको संयुक्त प्रयास रहेको छ। यस नतिजालाई विद्यालयले ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ।

उत्कृष्ट नतिजाको खुसीमा विद्यालयले यही वैशाख ३० गते बुधबार एक दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। विद्यालय परिसरमा अहिले उत्सवमय वातावरण छाएको छ, जहाँ विद्यार्थीहरूले आफ्नो मेहनतको फललाई खुशीका साथ मनाइरहेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कर बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
17 घण्टा अगाडि

काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...

छुटाउनुभयो कि ?

TOP