प्रधानमन्त्री शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

प्रधानमन्त्री शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ।प्रधानमन्त्री बालेन्द्र शाह र वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूले कानुनबमोजिम आ–आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेका छन्। सो विवरण मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक गरिएको कार्यालयले जनाएको छ।

प्रधानमन्त्री कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले कानुनी प्रक्रिया पूरा गरी सम्पत्ति विवरण बुझाएको र त्यसलाई सार्वजनिक गरिएको उल्लेख छ। विवरण कार्यालयको आधिकारिक वेबसाइटमार्फत सर्वसाधारणले हेर्न सक्ने व्यवस्था गरिएको जनाएकोछ।

सरकारले पारदर्शिता र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यसहित सम्पत्ति विवरण सार्वजनिक गरिएको जनाएको छ। यसले राज्यप्रति नागरिकको विश्वास थप मजबुत हुने अपेक्षा गरिएको छ।

विवरणमा मन्त्रीहरूको चल–अचल सम्पत्ति, बैंक मौज्दात, लगानी तथा अन्य आर्थिक विवरण समेटिएको बताइएको छ। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैदेशिक रोजगारीका विज्ञापनमा सम्पर्क विवरण अनिवार्य
4 घण्टा अगाडि

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

छुटाउनुभयो कि ?

TOP