काठमाडौ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्रको आन्तरिक विवाद अब सतहमा मात्र होइन, सार्वजनिक रूपमा नै गम्भीर मोडमा पुगेको छ। संघका प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठले अध्यक्ष भुवन सिंह गुरुङमाथि लगाएका आरोपहरूले व्यवसायी वृत्तमा मात्र होइन, समग्र वैदेशिक रोजगार क्षेत्रमै तरङ्ग पैदा गरेको छ।
श्रेष्ठले अध्यक्ष गुरुङलाई लक्षित गर्दै खाडी मुलुकतर्फको अन्तिम श्रम स्वीकृति प्रक्रियामा अवरोध सिर्जना गर्ने मुख्य भूमिका खेलेको गम्भीर आरोप सार्वजनिक रूपमा लगाएका छन्। त्यसैगरी उनले युरोपका व्यक्तिगत श्रम स्वीकृति प्रक्रियामा समेत अनियमितता र कारबाहीका विषय उठाउँदै त्यसको मुख्य जिम्मेवार पात्र अध्यक्ष नै भएको दाबी गरेका छन्।
प्रथम उपाध्यक्ष श्रेष्ठले केही व्यवसायीमाथि हुने भनिएको छापामारी वा कारबाहीको पछाडि पनि अध्यक्ष गुरुङको भूमिका रहेको गम्भीर आरोप लगाएका छन्। यी सबै आरोपहरूले संघभित्रको शक्ति सन्तुलन र आन्तरिक विश्वासको प्रश्नलाई सतहमा ल्याइदिएको छ।
संघभित्र अध्यक्ष र प्रथम उपाध्यक्षबीच केही समयदेखि मतभेद रहँदै आएको कुरा पहिले नै बाहिर आएको थियो। तर अहिले आएर त्यो मतभेद व्यक्तिगत असन्तुष्टिमा मात्र सीमित नरही संस्थागत आरोप–प्रत्यारोपको स्तरमा पुगेको देखिन्छ।
प्रथम उपाध्यक्ष श्रेष्ठले आफ्ना हालका अभिव्यक्तिहरू “अचानक आएको होइन” भन्दै विगतदेखिको असहमति र असन्तुष्टिको परिणामस्वरूप यस्तो स्थिति बनेको स्पष्ट पारेका छन्। उनका अनुसार नीतिगत र प्रक्रियागत विषयमा देखिएको गहिरो असहमति नै अहिले सार्वजनिक भएको हो।
वैदेशिक रोजगार व्यवसायीहरूको हकहित र लाखौं श्रमिकको भविष्यसँग जोडिएको संघभित्र यस्तो आरोप–प्रत्यारोप सार्वजनिक हुनु आफैंमा गम्भीर बिषय मानिएको छ। व्यवसायीहरूबीच अहिले एउटै प्रश्न घुमिरहेको छ—के संघभित्र नेतृत्व संकट सुरु भएको हो?
अध्यक्षमाथि आफ्नै उपाध्यक्षबाट यति गम्भीर आरोप लागेपछि संघको आगामी रणनीति, निर्णय प्रक्रिया र आन्तरिक एकताबारे चासो बढेको छ।
अहिले सबैको नजर अध्यक्ष भुवन सिंह गुरुङतर्फ केन्द्रित छ। उनीमाथि लागेका आरोपहरूलाई उनले कसरी सम्बोधन गर्छन् भन्ने विषय निर्णायक बन्ने देखिन्छ। केवल औपचारिक प्रतिक्रिया वा सामान्य जवाफले मात्र स्थिति सम्हाल्न कठिन हुने अनुमान गरिएको छ।
उनले या त आरोपलाई पूर्ण रूपमा खण्डन गर्दै प्रमाणसहित स्पष्टिकरण दिनुपर्नेछ, वा संघभित्रको विश्वास पुनः स्थापित गर्ने ठोस कदम चाल्नुपर्ने दबाबमा देखिन्छन्।
वैदेशिक रोजगार क्षेत्र देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र हो। यस्तो अवस्थामा संघभित्र देखिएको विवादले व्यवसायी मात्र होइन, विदेशमा काम गरिरहेका तथा जान तयार श्रमिकहरूमा समेत अन्योल पैदा गरेको छ।
अब व्यवसायी समुदायले कस्तो धारणा बनाउँछ, संघभित्र मेलमिलाप हुन्छ वा विवाद अझ चर्किन्छ भन्ने विषयले आगामी दिनले दिशा तय गर्नेछ।
अध्यक्ष भुवन सिंह गुरुङमाथि आफ्नै प्रथम उपाध्यक्षबाट आएको यो आरोपले संघलाई गम्भीर मोडमा पुर्याएको छ। अब प्रश्न एउटै छ—यो विवाद संवादबाट समाधान हुन्छ कि शक्ति संघर्षको नयाँ अध्याय सुरु हुन्छ?समयले नै देखाउनेछ, अध्यक्ष गुरुङ “आफै धामी, आफै बोक्सी” भन्ने आरोपबाट बाहिर निस्केर संस्थागत विश्वास पुनः स्थापित गर्न सफल हुन्छन् या हुँदैनन्।
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी युद्ध चाँडै अन्त्य हुनसक्ने बताएका छन्। उ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!