कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनयन

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई मनोनयन गरेको छ । पार्टी सभापति गगनकुमार थापाले आज पार्टीको विधान २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (४) बमोजिम श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

सभापति थापाले मनोनयन गर्नुभएका श्रेष्ठ यसअघि पनि पार्टीको कोषाध्यक्ष थिए । श्रेष्ठको नेतृत्वमा जेनजी आन्दोलनमा क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयसमेत पुनर्निर्माण भइरहेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कर बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
16 घण्टा अगाडि

काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...

छुटाउनुभयो कि ?

TOP