ट्रम्पद्वारा होर्मुज जलसन्धि सधैंका लागि खुला गर्ने घोषणा

ट्रम्पद्वारा होर्मुज जलसन्धि सधैंका लागि खुला गर्ने घोषणा

अमेरिका।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै अत्यन्त संवेदनशील समुद्री मार्ग मानिने होर्मुज जलसन्धिलाई सधैंका लागि खुला राख्ने घोषणा गरेका छन्।

उनले आफ्नो सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै यो निर्णयले विश्व व्यापार, तेल आपूर्ति र अन्तर्राष्ट्रिय सुरक्षामा स्थायित्व ल्याउने दाबी गरेका छन्।

ट्रम्पका अनुसार यो कदमबाट चीन विशेष रूपमा उत्साहित भएको छ। उनले चीनसँगको सम्बन्ध र आगामी उच्चस्तरीय भेटमा यो विषय प्रमुख एजेन्डा बन्ने बताएका छन्।

उनले इरानले चीनसँगको सहकार्यमा हतियार आपूर्ति रोक्ने सहमति गरेको समेत दाबी गरेका छन्। साथै, चीनका राष्ट्रपतिसँग चाँडै हुने भेटमा यस विषयमा विस्तृत छलफल हुने उल्लेख गरेका छन्।

यसअघि भने ट्रम्पले यही जलसन्धिबाट हुने जहाज आवागमनमा अवरोध गर्ने चेतावनी दिएका थिए। तर अहिले उनले अडान परिवर्तन गर्दै जलसन्धि पूर्ण रूपमा खुला राख्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ।

विशेषज्ञहरूका अनुसार होर्मुज जलसन्धि विश्वको प्रमुख ऊर्जा मार्ग भएकाले यसको खुला वा बन्द अवस्थाले विश्व तेल बजार, अर्थतन्त्र र सुरक्षा सन्तुलनमा ठूलो प्रभाव पार्नेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

डिजिटल स्वास्थ सेवा प्रदान गर्न 'नि :शुल्क स्वास्थ" नामक अनलाइन पोर्टल संचालनमा
4 घण्टा अगाडि

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले स्वास्थ्य सेवा व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउन ...

छुटाउनुभयो कि ?

TOP